राजनीति

उपसभामुख पोखरेल पराजित

इकागज |
मंसिर १०, २०७९ शनिबार १८:१५ बजे

विराटनगर- प्रदेश १ की पहिलो उपसभामुख सरस्वती पोखरेल प्रदेशसभा सदस्यमा पराजित भएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद हुँदै प्रदेशसभाको पहिलो कार्यकालमा संसद् प्रवेश गरेकी पोखरेल यसपटक सुनसरीको प्रदेशसभा ३ (१) बाट प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन् ।


उनी नेकपा एमालेका रोहितबहादुर कार्कीसँग ९ हजार १४३ मतको अन्तरले पराजित भएकी  हुन् । ७१ वर्षीय कार्कीले १८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

पोखरेलले ९ हजार ४९८ मत पाएकी छिन् ।


Author

थप समाचार
x