राजनीति

स्याङ्जा-२ : पद्‍मा अर्यालको सुरुवाती अग्रता

इकागज |
मंसिर १५, २०७९ बिहीबार ६:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - स्याङ्जा क्षेत्र नं. २ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् । अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् भने नेपाली काङ्ग्रेसका धनराज गुरुङले  १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।


ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो  ।  मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार  राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।


Author

थप समाचार
x