राजनीति

मिडियामा राजीनामा दिन्‍छौँ भन्‍ने सांसद नै बन्द कोठामा विपक्षमा उभिएपछि...

इकागज |
बैशाख २७, २०७८ सोमवार १३:९ बजे

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने विषयमा मत बाझिएपछि राजीनामा नदिने भएका हुन् । उनीहरुले राजीनामा दिए आत्मघाती हुने बताएपछि सबै सांसद राजीनामा नदिने अवस्थमा पुगेका हुन् ।

उनीहरू प्रतिनिधि सभाको बैठकमा पनि सहभागी नहुने भएका छन् । यस विषयमा यतिबेला खनाल-नेपाल समूहका तीन नेता केपी शर्मा ओलीका दूतसँग छलफलमा छन् । बैठकमा अनुपस्थित रहने तर राजीनामा नदिने निर्णय गरेपछि एमालेभित्रको इतर समूहको हैसियत खुम्चिएको छ । 


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो खुट्टा कमाएको भन्दै देउवालाई घान हालेर राजीनामाबाट भागेका छन् । 'राजीनामा दिएपछि पनि देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने अवस्था नआएको भन्दै ओलीलाई नै फाइदा पुग्‍नेगरी राजीनामा किन दिने र ?' एक सांसद्ले इकागजसँग भने ।  राजीनामा दिने भनेर सञ्‍चार माध्यममा बोल्दै हिँडेका नेताहरू नै राजीनामाको विपक्षमा प्रस्तुत भएपछि खनाल-नेपाल समूह दबाबमा परेका हुन् ।  

अबको केही बेरमा प्रधानमन्त्री ओलीले आज संसद्‍मा विश्‍वासको मत लिँदैछन् । ओलीले हतारोमा कुनै पनि निर्णय नलिन भन्दै खनाल-नेपाल समूहलाई धम्क्याएका थिए । त्यो धम्कीपछि उनीहरू पछि हटेका हुन भने केही नेताहरू ओलीको लोभमा परेका हुन् । 

ओलीले सम्पूर्ण राज्य संयन्त्र उपयोग गर्दै खनाल-नेपाल समूहका नेताको संलग्‍नता रहेको व्यवसायदेखि सम्पत्तिमा समेत चासो देखाई सकेका छन् । छलफल गर्न ध्यानाकर्षण गराएपछि देउवालाई घान हालेर चिसो पानीले नुहाउने काम खनाल-नेपाल समूहले गरिरहेको कांग्रेसका एक सदस्यले बताए ।


Author

थप समाचार
x