राजनीति

नेपाल समूहले किन दिएन राजीनामा ? चौधरी भन्‍छन्, ओलीलाई किन सजिलो बनाउने

इकागज |
बैशाख २७, २०७८ सोमबार ११:५१ बजे

फाइल तस्‍बिर

काठमाडौँ: नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष अन्‍तिम समयमा राजीनामा दिनबाट पछि हटेका छन् । आज बिहान बसेको समूहको बैठकले स‌ंसद्‍ पदबाट राजीनामा नदिने बरु प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत निदिने निर्णय गरेको छ ।

आफूहरूले राजीनामा दिँदा प्रधानमन्‍त्री ओलीलाई नै सजिलो हुन भएकोले राजीनामा नदिने नेपाल पक्षका सांसहरू बताउँछन् । नेपाल पक्षका सांसद मेटमणी चौधरीले राजीनामा दिएर ओलीलाई झन सजिलो बनाउन नचाहेको बताए । उनले प्रधानमन्‍त्री ओलीविरुद्ध अविश्‍वास प्रस्‍ताव आउने दाबी गरे । 'प्रधानमन्त्रीले आजै राजीनामा दिएर आजै फेरि नियुक्ति हुने कुरा छ,' उनले भने, प्रधानमन्त्रीविरुद्ध जसरी पनि अविश्वासको प्रस्ताव आउँछ ।'



Author

थप समाचार
x