राजनीति

आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् : ऊर्जामन्त्री बस्नेत

इकागज |
असार ११, २०८० सोमबार १८:१४ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्याउने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरूको पहुँचमा विद्युत् पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने गरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए । उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दाबी समेत गरे ।


मन्त्री बस्नेतले विद्युत् खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे ।

मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।


Author

थप समाचार
x