राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
साउन २२, २०८० सोमबार ७:१ बजे

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । ​संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 


बिद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x