राजनीति

निर्माणस्थलबाट मन्त्रीलाई शेखरको फोन- आक्पारा घाटको पुल निर्माणमा किन ढिलाई भय‍ो ?

इकागज |
पुस १२, २०८० बिहीबार १३:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा घाटको पुल निर्माणमा ढिलाई भएको भन्दै चासो व्यक्त गरेका छन् ।

बिहीबार उनले शहरी विकास मन्त्री सीता गुरुङलाई फोन गरी चाँडो पुल निर्माण सम्पन्न आग्रह गरेका छन् ।


कोइराला तमोर करिडोर हुँदै फिदिम जाने क्रममा छथर गाउँपालिका-४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले गरेपछि उनले मन्त्री गुरुङलाई फोन गरेका हुन् । स्थानीयले कोइरालासँग पुल निर्माण अत्यन्तै ढिलासुस्ती भएको भन्दै गुनासो गरेका थिए ।


Author

थप समाचार
x