राजनीति

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

इकागज |
पुस २३, २०८० सोमबार १६:४२ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।

महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।


त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । 


Author

थप समाचार
x