राजनीति

एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्न सफल भयौँ : मन्त्री अर्याल

इकागज |
चैत २५, २०८० आइतबार १६:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गरिने भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको छ । पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताए ।


उनले विभागमा हुने कामकारबाहीलाई एक लेयर प्रणालीबाट गर्न सक्ने गरी नीतिगत सुधार गरिएको धारणा राखे । एक जना श्रमिकले सबै कागजात पूरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरि काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गरिने भनिएको उनले बताए । उनले अब सबै कागजात अपलोड गरेको एक घण्टामा मोबाइलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने दाबी गरे ।

मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालयलाई थप सुधार गर्न अध्ययन भइरहेका दाबी गरे । 


Author

थप समाचार
x