राजनीति

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

इकागज |
बैशाख १२, २०८१ बुधबार १२:११ बजे

काठमाडौँ- नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार होटल सोल्टीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

शिक्षा, खेलकुद, कला र संस्कृति, कूटनीतिक तालिम र अध्ययन, समाचार एजेन्सी र महान्यायाधिवक्ता कार्यालयसम्बन्धी क्षेत्रमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुई वटा सम्झौता भएको छ ।


Author

थप समाचार
x