राजनीति

एमालेमा १० बुँदे सहमति, २०७५ जेठ ३ मा थपिएका केन्द्रीय कमिटी सदस्य बहाल रहने

इकागज |
असार २७, २०७८ आइतबार २२:५८ बजे

काठमाडौँ : पार्टी विवाद मिलाउन गठीत सत्तारुढ नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गर्दै एमाले एकढिक्का रहने उल्लेख गरेको छ । एक साता लामो अनवरत वार्तापछि उक्त कार्यदलले आइतबार राती सहमति जुटाएको कार्यदलमा प्रतिनिधित्व गर्ने दुवै तर्फका नेताहरूले पुष्टी गरेका छन् । 

माओवादी केन्द्रसँग एकता हुने क्रममा २०७५ जेठ ३ मा थपिएका केन्द्रीय कमिटी सदस्यहरू समेत बहाल रहने निर्णय भएको छ । सर्वोच्च अदालतले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित गरी २०७५ जेठ २ को केन्द्रीय समितिको बैठक बोलाएर मात्र एमाले अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए । २०७५ जेठ ३ मा माओवादीसँग एकता गर्नुअघि २०२ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर २४१ सदस्यीय बनाइएको थियो । 


सहमतिमा १० प्रतिशत केन्द्रीय सदस्य अझै थप्ने उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भैसकेपछि पनि एमालेमै बसेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा लगायतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै रहँदाको सरह हैसियत प्रदान गरिने सहमतिमा उल्लेख छ । 

त्यस्तै, सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा र सरकारको हकमा ‘पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत र संस्थागत निर्णय अनुरूप अघि बढ्ने’ उल्लेख छ ।

यस्तो छ १० बुँदे एकता प्रस्ताव


Author

थप समाचार
x