राजनीति

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने

नयाँ दल दर्ता भएसँगै मन्त्रिपरिषद् विस्तार हुने

इकागज |
भदौ ६, २०७८ आइतबार १४:४० बजे

काठमाडौँ - नेकपा एमाले विभाजन गरेर नयाँ दल गठन गरेको माधवकुमार नेपाल समूहले गठबन्धनको सरकारमा ६ मन्त्रालय पाउने विषयमा छलफल सुरु भएको छ ।  स्रोतका अनुसार नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने छ । नेपालको पार्टीले बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढेको छ । भुसालको नेतृत्वमा सहभागी नभए मुकुन्द न्यौपानेले नेतृत्व गर्ने पनि बताइएको छ । मन्त्री को-को बन्‍ने भन्‍ने विषयमा भने नेपालनिकटका नेताले उल्लेख गर्न चाहेनन् ।  

‘बेदुराम दाइ र मुकुन्द दाइमध्ये एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्का जस्तै छ,’ ती नेताले भने, ‘मन्त्री को-को हुने भन्‍ने विषयमा छलफलचाहिँ भएकाे छ, तर टुंगिएको छैन । टुंगिएपछि नै उहाँहरुको नामको विषयमा भनौँला ।’   


निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र आएसँगै नेपाल नेतृत्वको पार्टी सरकारमा आउने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले इकागजलाई जानकारी दिए ।  ‘उहाँ (माधवकुमार नेपाल) नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै सरकारमा सहभागी हुनुहुनेछ सोहीअनुसार छलफल अघि बढेको छ’ उनले भने ।  


Author

थप समाचार
x