राजनीति

सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको छ : गगन थापा

इकागज |
भदौ २१, २०७८ सोमबार १७:४९ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ ले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताएका हुन् ।  

उनले प्रतिनिधि सभाको बाँकी अवधिभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने धारणा राखे। थापाले आगामी चुनावमा कसैको काधमा नचढी बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए । थापाले पार्टीको विधि विधान विपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधि विधान अनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।


कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेशलगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । 


Author

थप समाचार
x