राजनीति

प्रधानमन्त्री देउवा र एमसीसीकी उपाध्यक्ष सुमारबीच भेटवार्ता

इकागज |
भदौ २५, २०७८ शुक्रबार १८:५० बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको बेला नेपाल आएको एमसीसीको टोलीले शीर्ष नेताहरुलाई भेट गरिरहेको छ । 

सुमारसँगको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाका विषयमा छलफल भएको देउवाले जानकारी दिए । उनले आर्थिक रुपान्तरणसहित नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका छन् । देउवाले सुमारसँग भेट हुन पाउँदा खुसी लागेको पनि बताए । 



Author

थप समाचार
x