राजनीति

उम्मेद्वारी घोषणा गरेका निधि र विश्वप्रकाश एकसाथ

इकागज |
भदौ २५, २०७८ शुक्रबार २१:१० बजे

फोटो : निधिको फेसबुक पेजबाट

काठमाडौँ : आगामी १४ औँ महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधि र विश्वप्रकाश शर्मा एकसाथ देखिएका छन् । चौरचन पर्वको अवसरमा निधि र विश्वप्रकाश शर्मा निधिको निवासमा एकसाथ देखिएका हुन् ।

निधिले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् भने विश्वप्रकाश शर्माले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका निधिले उम्मेद्वारी घोषणा गरेर थापागाउँको  बानेश्वर ब्यांक्वेटलाई चुनावी सचिवालयमा परिणत गरेका छन् । 


कांग्रेस प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले भने बिहीबार विपी जयन्तीको दिन पारेर सुन्दरीजलमा महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका थिए । उम्मेद्वारी घोषणा गरिसकेका निधि र विश्वप्रकाश एकसाथ देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


Author

थप समाचार
x