राजनीति

माओवादी अध्यक्ष दाहालसँग चुनाव लड्ने थापाको चाहना

इकागज |
असोज ८, २०७८ शुक्रबार १४:२४ बजे

फाइल फोटो

चितवन - नेकपा एमालेका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएका हुन् । 

उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गरे । त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको  धारणा राखे । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए । उनले पार्टीभित्र १० बुदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 


सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको भन्दै उनले सभामुखले निष्पक्ष निर्णय गर्न नसकेकै कारण विरोध गर्नुपरेको उल्लेख गरे । 


Author

थप समाचार
x