राजनीति

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १७:४५ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। 

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।  त्यस्तै राष्ट्रपति भण्डारीले प्रदेश १ मा परशुराम खापुङ्ग,  कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई नियुक्त गरेकी छन् ।  


 


Author

थप समाचार
x