राजनीति

एमाले महाधिवेशन : थारु क्लस्टरबाट ३ महिला निर्विरोध, पुरुषमा प्रतिस्पर्धा हुने

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:१९ बजे

काठमाडौँ - नेकपा एमालेको महाधिवेशनमा  थारु क्लस्टरमा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समुहमा निर्वाचन हुने सम्भावना देखिएको छ । केपी शर्मा ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । 

सो समुहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समयसिमाभित्र फिर्ता नलिएको खण्डमा थारु क्लस्टरमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो । ३ सय १ केन्द्रीय कमिटीमा थारु क्लस्टरवाट ५ जना पुरुष र ३ जना महिलासमेत गरी ८ जना केन्द्रीय कमिटीमा अटाउने छन तर पुरुष क्लस्टर ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ओलीले प्रस्ताव गरेका वैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलवीरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारुबीच प्रतिस्पर्धा हुनेछ ।


तर, महिला भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौवा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्विरोध हुने भएका छन् । यद्यपी, निर्वाचन केन्द्रीय समितिले यसबारे औपचारिक घोषणा गरिसकेको छैन ।


Author

थप समाचार
x