राजनीति

फोटोफिचर

सरकारविरुध्द जसपाको सडक प्रदर्शन

सरोज बैजु |
पुस १२, २०७७ आइतबार १५:४३ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको हो ।  

विरोध जुलुस निकाल सहिदगेट, न्युरोड हुँदै पुन शान्तिबाटीकामा पुगी कोणसभामा परिणत भएको थियो । विरोध ¥यालीमा पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएतका शिर्ष नेताहरु सहभागी थिए ।


भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य गरेको आरोप लगाए । सडकबाट जनताल विरोध नगरेसम्म प्रतिगमनकारी कार्य नसच्चिने उहाले बताए । उनले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता नभए जनआन्दोलनबाट प्राप्त उपलब्धी समेत गुम्ने खतरा पैदा भएको टिप्प्णी गरे । 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x