राजनीति

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल गर्न सहमत, उम्मेदवार छनोट हुँदै

इकागज |
बैशाख १२, २०७९ सोमबार १३:५७ बजे

काठमाडौं– तनहुँमा  नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले एमालेसँग  चुनावी तालमेल गर्ने भएको भएको छ । कांग्रेस भित्रको आन्तरिक झगडाले जोशी समुहले सत्ता गठबन्धनलाई हराउन एमालेसँग तालमेल गर्न लागेको हो । 

तनहुँका १० वटा स्थानीय तहमध्ये एमालेको भागमा ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुख परेको छ ।  सहमति अनुसार जोशी समूहको भागमा भने एउटा पालिका प्रमुख र तीन वटामा उपप्रमुख परेको छ ।


सहमति अनुसार एमालेले शुक्ला गण्डकी र भिमाद नगरपालिका, देवघाट, म्याग्दे,  ऋषिङ  र घिरिङ गाउँपालिकाको, प्रमुख र उपप्रमुख पाउने छ । व्यास नगरपालिकाको मेयर, आबुखैरेनी  गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिकामा उपप्रमुख भने जोशी समूहलाई दिइएको छ । 

जोशी समूहले व्यास नगरपालिकाको मेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।  भागबण्डा मिलसँगै एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा र उपाध्यक्षमा सावित्री न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले म्याग्देको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरे, शुक्ला गण्डकीको मेयरमा मुक्ति तिमिल्सिना र उपमेयरमा फूलमाया वाग्ले, भिमादको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल, घिरिङको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले ऋषिङको अध्यक्षमा हरिराज कँडेललाई बनाउने भएको छ  ।  एमालेले आफ्नो भागमा परेको आँबुखैरेनीको अध्यक्षमा ऋषि केसी उपाध्यक्ष, बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीताराम बजगाईंलाई उम्मेदवार बनाउने भएको छ । एमालेले व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।


 


Author

थप समाचार
x