राजनीति

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने

इकागज |
बैशाख १६, २०७९ शुक्रबार २०:७ बजे

पोखरा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।


यसअघि पोखरा महानगरपालिका सहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । 

चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकल रूपमा लड्ने बताइएको छ ।


Author

थप समाचार
x