राजनीति

मकवानपुरको ५ वटा वडा मत गणना सकियाे : कहाँ कसले जिते ?

सरिता दाहाल |
बैशाख ३१, २०७९ शनिबार १८:१७ बजे

मकवानपुर । मकवानपुर जिल्लाको १ सय २ वटा वडाहरुमध्ये ५ वटा वडाको मतगणनाको अन्तिम परिणम आउँदा ३ वटामा नेपाली कांग्रेस विजयी भएको छ भने माओवादी र नेकपा एमालेले १, १ वटा वडामा जित हासिल गरेको छ ।

मकवानपुरको मनहरी १, इन्द्रसरोवर १ र भिमफेदी १ मा नेपाली काँग्रेसले जितेको छ भने थाहा नगरपालिकाको वडा न १ र भिमफेदी गाउँपालिका वडा २ मा नेकपा एमालेले जित हासिल गरेको हो । 


मनहरी गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका शिवप्रसाद खनाल १ हजार ९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।

त्यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएका छन । उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।

यसैगरी इन्द्रसरोवरमा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याएका छन् । उनका प्रत्याशी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।

यसैगरी भीमफेदी गाउँपालिकाको वडा १ मा पनि कांग्रेसको प्यानलै विजयी भएको छ । यो वडाको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ मत ल्याएकी छिन् ।

वडा नम्बर १ मा १ हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको बताईएको छ । यो वडामा गठबन्धनबाट सदस्यहरुमा मुक्ती लामा,राजकुमार स्याक्तान,गोपिनि बिक,सुमित्र थिग बिजयी भएकाछन् ।

यसै गाउँपालिकाको वडा २ मा भने एमालेको प्यानल नै विजयी भएको छ । उनले ७ सय ४४ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरेका छन् ।

यसै गरी मकवानपुरको थाहा नगरपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रले अध्यक्षमा जितेको छ ।

थाहा नगरपालिका १ मा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली ८ सय ६३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनि २०७४ को स्थानीय निर्वाचनमा पनि सोहि वडाको वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरे ।

मकवानपुरका १० स्थानीय तहमा रहेका १ सय २ वडा मध्ये हालसम्म ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्रले १ वडा जितेको छ ।


Author

थप समाचार
x