कोशी

सुनसरीमा एमालेको विजय जुलुससँग कांग्रेसको झडप, स्थिति तनावग्रस्त

इकागज |
मंसिर १४, २०७९ बुधबार १४:५७ बजे

इटहरी । सुनसरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएकाे छ। सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीको जितसँगै विजय जुलुसमा निस्किएका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हाे ।

दुहवी वडा नं. ९ छातावेलीमा बुधबार दिउँसो नेकपा एमालेले विजय जुलुस निकालेकाे थियाे । साेही ठाउँमा झडप भएकाे हाे । सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाईं हराउँदै नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन् । छातावेली पुग्दा डीजे बजाएको र काँग्रेस कार्यकर्तालाई लक्षित गरेर रंग हाली दिएको विषयमा विवाद भएकाे हाे ।


दुवै समूहले एक अर्काको प्रतिकार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन कठिन भएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले  अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। भीड नियन्त्रणमा लिन सकस भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । एमाले उम्मेदवार भगवती चौधरीले कांग्रेसका गच्छादारलाई ५ हजार १८८ मतान्तरले हराएर निर्वाचित भएकी हुन् ।


Author

थप समाचार
x