कोशी

प्रदेश सभाभित्र एकल नाम 'कोशी'मा छलफल जारी, बाहिर विरोधमा नाराबाजी

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधबार १८:४२ बजे

विराटनगर- प्रदेश १ को प्रदेश सभाभित्र 'कोशी' प्रदेश नामकरण गर्ने एकल प्रस्तावमाथि छलफल चलिरहँदा प्रदेश सभा बाहिर भने विरोधमा नाराबाजी चलिरहेको छ । जातीय पहिचानसहितको प्रदेश नामकरण गर्न माग गर्ने समूहहरूले विरोधमा नाराबाजी गरिरहेका हुन् ।

प्रदेशको नाममा किराँत र लिम्बुवान जोडिनु पर्ने भन्दै उनीहरूले असहमति जनाएका छन् । लिम्बुवान किराँत संयुक्त सङ्घर्ष समितिको ब्यानरमा विरोध प्रदर्शन गरेका हुन् ।


प्रदेश सभाभित्र भने अहिले कोशी प्रदेश नामकरणका लागि प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका छन् । प्रस्तावमाथिको छलफल सकिएको छ । प्रस्तावका प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य राम रानाले पनि जवाफ दिइसकेका छन् ।

सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राख्ने प्रस्तावमाथि संशाेधन प्रस्ताव दर्ता गर्न दुई घण्टाको समय दिएको घोषणा गरेका छन् । अहिले बैठक दुई घण्टाका लागि स्थगित भएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x