कोशी

एमाले कोशी प्रदेश अधिवेशनको लोगो सार्वजनिक

इकागज |
भदौ ३१, २०८० आइतबार १६:९ बजे

विराटनगर । आउँदो असोज १२ र १३ गते हुने नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन मूल आयोजक कमिटीले लोगो सार्वजनिक गरेको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए ।

एमाले कोशी प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा सबै पालिकामा असोज ५ गते एकैदिन प्रतिनिधिहरु छनौट हुने जनाइएको छ । 


उक्त अधिवेशनलाई भव्य बनाउने तयारीस्वरुप कोशी प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव रघुविर महासेठसहित प्रदेश कमिटीका पदाधिकारीहरु, प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीहरु ताकिएका छन् । 

अधिवेशनमा प्रदेश भरीबाट करिब ११ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए ।


Author

थप समाचार
x