कोशी

तीन दिनदेखि टेलिकमका अधिकृत दिलीप सुवेदी सम्पर्कविहीन

इकागज |
असोज १, २०८० सोमबार १२:२५ बजे

झापा- नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् । 

कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन् । 


दिलीपको खोजीकार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि उनी श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन् । 

ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन् । 

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।
 


Author

थप समाचार
x