कोशी

खेलकुद मन्त्री लिम्बुलाई पत्नी शोक

इकागज |
पुस २७, २०८० शुक्रबार ९:८ बजे

विराटनगर- नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शोक परेको छ । 

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गएराति निधन भएको हो ।


लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचारकव क्रममा निधन भएको हो ।

पारिवारका सदस्यका अनुसार शुक्रबार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कारस्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको एक छोरी र एक छोरा रहेका छन् ।

केही महिनाअघि मन्त्री लिम्बुको आमाको पनि निधन भएको थियो ।


Author

थप समाचार
x