कोशी

कांग्रेस खोटाङको मतगणना स्थगित

इकागज |
मंसिर १०, २०७८ शुक्रबार ६:३२ बजे

खोटाङ- नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।

मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दर्ता गराएको छ ।  


१ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x