कोशी

तीन मिनेट बसेर सकियो प्रदेश १ सभाको बैठक

लीलावल्लभ घिमिरे |
माघ ७, २०७७ बुधबार १४:२२ बजे

विराटनगर : प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।

लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । बैठक तीन मिनेट मात्रै बसेको थियो । बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x