मधेश

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्धा

इकागज |
भदौ २७, २०८० बुधबार ९:४३ बजे

फाइल तस्बिर

गौर- पुर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् । 


उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन् । 

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिति सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ । 


Author

थप समाचार
x