मधेश

जनकपुर पुगेर ओलीले भने- प्रचण्ड नेतृत्वकाे सरकार कहिले ढल्छ ठेगान छैन

इकागज |
असोज २४, २०८० बुधबार १६:३९ बजे

जनकपुरधाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् ।
 एमाले मधेश प्रदेशकाे प्रथम अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका अध्यक्ष ओलीले विमानस्थलमा संचारकर्मीहरूसंग कुरा गर्दै भने 'प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकार असफल भइसकेकाे छ अब कहिले ढल्छ त्यसकाे ठेगान छैन, असफल सरकारको कामै छैन ।’ उनले थप्दै भने गठबन्धन भित्रै सरकारकाे नेतृत्व लिन तानातान शुरू भइसकेकाेले प्रष्ट हुन्छ सरकारमात्रै गठबन्धन पनि कहिले टुट्छ ठेकान छैन ।
 

काेशी प्रदेश सहित संघमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउन एमालेसंग छलफलमा भइरहेकाे संचारकर्मीहरूकाे जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय रहेकाे बताए ।


काठमाडौंबाट जनकपुरधाम आइपुगेका अध्यक्ष ओलीलाई विमानस्थलमा नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन् । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेताहरू पुगेका थिए ।

 अध्यक्ष ओलीले जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गरेका छन् । त्यसपछि उनी जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयाेजित मधेश प्रदेश अधिवेशनकाे उद्घाटन कार्यक्रममा सहभागी भएका छन ।


Author

थप समाचार
x