मधेश

एमाले मधेस अधिवेशन : विधान मिचेर प्रतिनिधि छनोट गरिएको आरोप

इकागज |
असोज २५, २०८० बिहीबार १३:१५ बजे

जनकपुरधाम । नेकपा एमालेको पहिलो मधेस अधिवेशन चलिरहँदा प्रतिनिधि छनौट विधानकाे प्रक्रिया मिचेर अवैधानिक तरिकाले गरिएकाे आरोप लगाइएको छ । एमालेको मधेस प्रदेश समितिका सदस्य नागेश्वर साहले सर्लाहीको ब्रह्मपुरी, कौडेना र पर्सा गाउँपालिकामा विधान प्रक्रिया मिचेर प्रतिनिधि छनौट गरिएको आरोप लगाएका हुन् ।

साहका अनुसार एमालेको सर्लाही ईन्चार्ज एवं पूर्वमन्त्री ज्वाला साह र अध्यक्ष राजनारायण साहले मिलेर प्रतिनिधि छनौटमा धाँधली गरेका हुन् ।  एमालेको मधेस अधिवेशनलाई लिएर असोज १३ गतेसम्ममा प्रतिनिधि छनौट गरेर प्रदेशमा पठाउनु पर्ने थियो, साहले भने ‘तर ईन्चार्ज ज्वाला साह र जिल्ला अध्यक्ष राजनारायण साह मिलाेमताे गरि बैठक नै नगरी विधान विपरीत गाेजीका मान्छेलाई  प्रतिनिधिहरू बनाएकाे हाे ।’ 


सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाबाट मलंगवाका पूर्व प्रमुख निरसल साह, कौडेना गाउँपालिकाबाट मलंगवाकै सुरेश साह र पर्सा गाउँपालिकाबाट भिखारी साहको नाम प्रतिनिधि छनौट गरी पठाइएको छ । तीनवटै पालिकाबाट ३/३ जना प्रतिनिधिहरुको नाम पठाइएकोमा यी व्यक्तिहरु सम्बन्धित भूगोलबाट नरहेको साहकाे आरोप छ । 'जाे व्यक्ति सम्बन्धित भूगोलबाट छैनन् त्यस्ता व्यक्तिहरुलाई समेत प्रतिनिधिको रुपमा छनौट गरिएको छ ।’ उनले भने भने ‘विधान विपरीत छनौट गरिएकाहरुको नाम सच्चिनु पर्छ ।’

उनले यो विषयलाई लिएर प्रदेशको सचिवालय, मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, सर्लाही जिल्ला ईन्चार्ज ज्वाला साह लगायत समक्ष निवेदन समेत दिएका छन् । तर निवेदनको कुनै सुनवाई नगरी उल्टै जे गर्नु छ गरेर देखाउनुस् भनेर जिल्ला ईन्चार्ज ज्वालाले आफूलाई हप्काएको साहको आरोप छ । 

यता सर्लाही जिल्ला ईन्चार्ज समेत रहेकी पूर्वमन्त्री ज्वालासँग सम्पर्क गर्दा आफूहरु समक्ष निवेदन नआएको बताइन् । उनले भनिन् ‘निवेदन त आएको छैन तर नागेश्वरजी आजै यो विषयमा म समक्ष कुरा राख्न आउनु भएको थियो ।’ 

अन्य पार्टी गएकाहरू बिचल्लीमा

नागेश्वर साह यस अघि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)मा थिए । तर केही वर्ष अगाडि ३ सय ८० जनासहित नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले ३ सय ८० जनाको सक्रिय सदस्यताका लागि फारम भर्नुका साथै ३५ हजार रुपैयाँ शुल्क समेत बुझाएका थिए । 

तर उनी बाहेक उनी संगै प्रवेश गरेकाहरुमध्ये एक जनालाई पनि सक्रिय सदस्यतामा नराखिएको गुनासो उनले गरे । उनका अनुसार सक्रिय सदस्यता वापतको बुझाएको शुल्क हिनामिना गर्नुका साथै सक्रिय सदस्यताका लागि बुझाइएको फाइल समेत जिल्ला अध्यक्ष राजनारायण साहले गायब गरेका छन् । 

उनले भने ‘मेरो नाम प्रतिनिधि छनौट जानी जानी गरिएन त्यसमाथि मसंगै पार्टी प्रवेश गरेकाहरु सक्रिय सदस्य समेत हुन नपाउँदा तिनीहरु विचल्लीमा परेका छन् ।


Author

थप समाचार
x