मधेश

खाडी मुलुकबाट फर्किएकाहरूमा मिर्गौला समस्या बढ्दो

सुभाष कर्ण |
कात्तिक २४, २०८० शुक्रबार २१:३६ बजे

जनकपुरधाम- खाडी मुलुकहरूमा काम गरेर फर्केका मधेश प्रदेशका कामदारहरूमा मिर्गौला समस्या बढी देखिएकाे जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

शुक्रबार जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मLनियाँ गाउँपालिकामा खाडी मुलुकबाट फर्किएकाहरूको परीक्षण गर्दा मिर्गौला समस्या देखिएको हाे । जनस्वास्थ्य प्रयोगशालाका अनुसार चार सय कामदारहरूको निःशुल्क मिर्गौला परीक्षण गर्दा ६ प्रतिशतमा मिर्गौलासम्बन्धी विभिन्न समस्या देखा परेकाे हाे ।


अत्यधिक तापक्रममा काम गर्दा मिर्गौलामा भएको असरका विषयमा नेपालमा नै पहिलो अनुसन्धानका लागि उक्त परीक्षण गरिएको थियाे । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम तथा यूकेको वर्न माउथ विश्व विद्यालयको सहकार्यमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाबाट खाडी मुलुकसहित अत्यधिक तातो हुने देशमा काम गरेर फर्केका चार सय कामदारको मिर्गौला परीक्षण गरिएकाे थियाे । जसमध्ये ६ प्रतिशतमा विभिन्न प्रकारको समस्या भएको पाइएको थियाे ।

खाडी मुलुकहरूमा काम गर्ने श्रमिकहरूमा देखिएको मिर्गौलासम्बन्धी समस्यासहितका अन्य विषयमा परीक्षण प्रतिवेदनसहित संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख, निर्देशक डा. श्रवणकुमार मिश्रले बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x