मधेश

नगरप्रमुख नै भन्छन् : नदी उत्खननलाई रोक्नु हुँदैन

इकागज |
माघ ९, २०८० मंगलबार २२:० बजे

महोत्तरी- पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन भएको भन्दै चर्को विरोध भइरहेको बेला बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले भने उत्खननलाई रोक्न नहुने प्रतिक्रिया दिएका छन् ।

उनले हाल नदीको उत्खनन मापदण्डअनुसार नै भइरहेको बताएका छन् । 'मापदण्ड अनुसार नै नदी उत्खनन भइरहेको छ । विगतमा दोहन गरेर खान पल्केकाहरूले मात्र विरोध गरेका हुन्,' उनले भने ।


बर्दिवासस्थित वडा नम्बर ३ मा रहेको जनजागृति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीमा बोल्दै नगरप्रमुख क्षेत्रीले आफूलाई घेराबन्दी गर्न खोजेता पनि त्यसलाई तोड्ने दाबी गरे । 

अघिल्लो सरकारलाई संकेत गर्दै विगतमा भएका बेथितिहरूलाई सच्याउँदै अगाडि बढेको पनि क्षेत्रीको भनाइ छ । 

नगरप्रमुख क्षेत्रीले २०८४ को निर्वाचनको समेत आफू उम्मेदवार रहने खुलासा गरे । यसै क्रममा चुनावका बेला प्रतिस्पर्धा गर्न उनले राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा जितेका क्षेत्री केही समयअघि नेपाली कांग्रेसमै फर्किएका थिए । न्युजकारखाना


Author

थप समाचार
x