मधेश

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

इकागज |
चैत ५, २०८० सोमबार ७:३८ बजे

सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । बसबरिया गाउँपालिका–३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ करिब ७ बजे पल्टिँदा ट्र्याक्टरका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

उनका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरका चालक माझीको ज्यान गएको र ट्र्याक्टरमा सवार ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।


ट्र्याक्टर धनी यादव फरार रहेका छन् । दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिए ।


Author

थप समाचार
x