घटना-दुर्घटना

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ जना घाइते

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ८:५१ बजे

सांकेतिक तस्बिर

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् । 

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


सो दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको र घाइतेलाई उपचारका लागि अस्पताल पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए । 

उनका अनुसार बस ठूलो भिरबाट खसेको र भौगोलिक अवस्था कठिन भएकाले उद्धार कार्यमा समस्या परेको छ ।


Author

थप समाचार
x