मधेश

पर्साको विन्दवासिनी घटनाका आरोपित सात जनालाई उन्मुक्ति

माधुरी महतो |
मंसिर १२, २०७७ शुक्रबार १४:३९ बजे

घटनामा ज्यान गुमाउने मुकेश चौरसिया

वीरगन्ज : गत कात्तिक ६ गते पर्साको विन्ध्यवासिनी गाउँपालिकामा शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई गुटबीच भएको झडपमा एक जनाको मृत्यु भएको घटनाका आरोपित २७ जनामध्ये जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले सात जनालाई उन्मुक्ति दिएको छ । विन्दवासिनीमा सपथ ग्रहणको क्रममा नेकपाका नेता मुकेश चौरसिया हत्या प्रकरणका आरोपितलाई कारबाहीको मागसहित दुबै पक्षबाट जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्धा दर्ता भएको थियो ।

तर प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालय वीरगंजले एक पक्षबाट राजकुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी र अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साह गरी सातजनालाई घटनामा संलग्न नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको जनाएको छ ।


जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीले तत्काल घटेको घटनामा उल्लिखित व्यक्तिहरूको नाम प्रहरी प्रतिवेदनमा नदेखिएको तथा प्रहरी अनुसन्धानबाट पनि सो घटनामा ती व्यक्तिहरू संलग्न नदेखिएको खुलेको कारण जिल्ला न्यायधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको जानकारी दिए ।

कात्तिक ६ गते विन्ध्यवासिनी गाउँपालिकामा शपथ ग्रहणको विषयलाई लिएर झडप हुँदा गम्भीरु घाइते भएका चौरसियाको उपचारको क्रममा ७ गते मृत्यु भएको थियो ।
 


Author

थप समाचार
x