बागमती

खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

इकागज |
असार १५, २०७९ बुधबार २१:३५ बजे

फाइल तस्बिर

मकवानपुर- मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

राक्सिराङ-४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोला तर्ने क्रममा साँझ ५ बजे तिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । कैलास कालिकाटारबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।


उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेपछि तत्काल खोजी गर्दा कैलाश गाउँपालिका-७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।

गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्का एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्‍ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुँदा हुँदै खोलै खोला हिँड्दा दुर्घटना भएको उनकाे भनाइ छ ।


Author

थप समाचार
x