बागमती

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

इकागज |
साउन १६, २०७९ ६:५५ बजे

फाइल तस्बिर

भरतपुर- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । 

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।  गएरातिदेखि लगातार पानी परिरहेको छ । 




Author

थप समाचार
ad
x