बागमती

बागमती प्रदेश सभाको बैठक बस्दै

इकागज |
फागुन १०, २०७९ बुधबार ८:२० बजे

हेटौंडा- बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २:१० मा बोलाइएको हो । 

सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरूको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।


यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।


Author

थप समाचार
x