बागमती

लहलह फुल्याे काँस, खाेलाकाे बगर देखियाे लाेभलाग्दाे (फाेटाेफिचर)

इकागज |
असोज १०, २०८० बुधबार १९:२७ बजे

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोला आसपासमा काँस झुलेर रमणीय देखिएकाे छ। विशेष गरी बालुवा र बालुवा मिश्रित माटोमा उम्रने काँस फूल्दा यतिबेला खोलाको बगर लोभलाग्दो भएका छन् । खोलाको कलकल ध्वनी, सिरसिर बतासमा लहलहराइरहेको काँस अहिले फोटोका पारखीहरुको लागि आकर्षक बनेको छ ।

हरेक वर्ष काँस फुल्ने र फूल छिच्पिँदै गएपछि हावाले उडाएर ठिङ्गाे बाेट सुख्खा बन्ने गरेको छ, सुकेको काँसलाई छाना छाउनेलगायतको काममा प्रयोग गर्ने गरिएको भएपनि यसको फूलको उपयोगिताबारे चासो राखेको देखिँदैन ।


डिभिजन वन कार्यालय मनहरी राप्ती मकवानपुरको प्रमुख विष्णुप्रसाद आचार्य यसको प्रयोगबारे खोज आवश्यक भएको बताउँछन् । ”यसको फूलबाट सिरानी, डसना आदि बनाउन सकिन्छ, यतातर्फ हामीले कहिले सोचेका छैनौं, यो पनि गैरकष्ठको एउटा राम्रो आम्दानी हुन सक्थ्यो” डिएफओ आचार्यले भने “काँसको क्षेत्रमा काम गर्ने हामीसंग कुनै संघसंस्था वा कोहि सरकारी निकाय छन् कि खोज आवश्यक छ ।”

नदी उकास जमिन, नदी किनारमा माटोलाई स्थापित गर्नमा काँसको विशेष भूमिका रहने उनले बताए । काँसलाई वातावरणीय सेवाको बारेमा पनि छलफल चलाउनु पर्ने उनी बताउँछन् ।


Author

थप समाचार
x