बागमती

बहादुर सिं लामा बागमतीको कार्यवाहक मुख्यमन्त्री

इकागज |
कात्तिक २, २०८० बिहीबार २१:४३ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् ।

बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले एक सूचना जारी गर्दै मुख्यमन्त्री कात्तिक ४ गते शनिबारदेखि देश बाहिर जाने भएकोले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री लामालाई दिइएको जनाएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलको अनुपस्थितिमा मुख्यमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम मन्त्री लामाले सम्हाल्ने गरी जिम्मेवारी तोकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x