बागमती

जुवाखालबाट ८० जना पक्राउ

इकागज |
मंसिर २, २०८० शनिबार ६:५५ बजे

सांकेतिक तस्बिर

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरूबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरूबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरू धरौटीमा रिहा भएका छन् ।


पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरूबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।


Author

थप समाचार
x