बागमती

बालेनको कटाक्ष - हामीसँग भएको एउटै मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार !

इकागज |
माघ १, २०८० सोमबार १३:५८ बजे

फाइल फोटो

काठमाडौँ  - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कटाक्ष गरेका छन् । मेलम्चीको पानीको पाँचौ पटक प्रधानमन्त्रीले सिंहदरबारमा सोमबार उद्घाटन गरेसँगै बालेनले यस्तो कटाक्ष गरेका हुन् । 

उनले हामीसँग भएको एउटै मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटन गरेर विश्वकिर्तिमान कायम गरेर भन्दै कटाक्ष गरेका छन् । कुन कुन मितिमा मेलम्ची खानेपानीको उद्घाटन क-कसले गरे भनेर समेत शाहले सामाजिक सञ्जालमा लेखेका छन् । 



Author

थप समाचार
x