बागमती

एकाबिहानै प्रहरीले त्रिशूलीमा गाडी खसेको सूचना पाएपछि...

इकागज |
माघ २, २०८० मंगलबार ८:११ बजे

काठमाडौँ- त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरी खोजी कार्य सुरू गरिएको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको आशंकापछि गोताखोरको टोली परिचालन गरिएको हो । 

स्थानीयले बिहान ५ नबज्दै त्रिशूली नदीमा गाडी खसेको सूचना मुग्लिन प्रहरीलाई दिएपछि सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा खोजिकार्यमा जुटेको छ ।


गाडी खसेको सूचना पाएपनि केही नखुलेको मुग्लिन प्रहरी इन्सपेक्टर विशाल तामाङले बताए । उनले अहिले केही भन्‍न नसक्ने बताए ।


Author

थप समाचार
x