बागमती

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

इकागज |
माघ १७, २०८० बुधबार १३:२ बजे

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । मृतकको सनाखत भने भएको छैन । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए । 



Author

थप समाचार
x