बागमती

विद्युत्‌ सट हुँदा निजगढमा आगलागी

इकागज |
माघ १९, २०८० शुक्रबार ९:२५ बजे

बारा- बाराको निजगढ नगरपालिका-४ स्थित चारघरे टोलमा विद्युत्‌ सट हुँदा एक घरमा आगलागी भएको छ ।

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत्‌ लाइन सर्ट भई आगलागी सुरु भएको थियो ।


तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत्‌ सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरू जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । 

आगलागी स्थानीयवासी मिलेर राति नै नियन्त्रणमा लिएका छन् ।


Author

थप समाचार
x