बागमती

आज विश्‍वासको मत लिँदै मुख्यमन्त्री शाक्य

इकागज |
असोज २४, २०७८ आइतबार ७:३२ बजे

फाइल फाेटाे

काठमाडौँ - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार)बाट सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा विश्वासको मत लिँदै छिन् । बागमती प्रदेश सभाको आज बस्‍ने बैठकमा मुख्‍यमन्‍त्री शाक्‍यले विश्‍वासको मत लिन लागेकी हुन् । आज अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

शुक्रबार मुख्यमन्त्री शाक्यको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिवालयमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना बुझाएका थिए । नेकपा एमाले दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्‍थाका कारण मुख्यमन्त्री शाक्यले आज विश्‍वासको मत लिन लागेकी हुन् । आज बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । 


प्रदेश सभामा मुख्यमन्त्री शाक्य प्रस्ट अल्पमतमा छिन् । सभामुखसहित १०९ सांसद रहेको प्रदेश सभामा विश्‍वासको मत पाउन ५५ सांसदको साथ चाहिन्‍छ । तर हाल नेकपा एमालेसँग ४३ सांसद मात्रै छन् ।  हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीको १ मत गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गरिसकेका छन् ।


Author

थप समाचार
x