बागमती

सिन्धुपाल्चोकको क्षमादेवी मावि मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १३:१२ बजे

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ को क्षमादेवी मावि मतदान केन्द्रमा गोली चलेको छ । 

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई निन्त्रणमा लिन शसस्त्र प्रहरीले गोली चलाएको स्थानीय विकास थापाले जानकारी दिए । 


गोली लागेर चार जना काँग्रेस कार्यकर्ता घाइते भएको उनले बताए । अहिले उक्त मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।  

क्षमादेवी मावि मतदान केन्द्र कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले मतदान गरेको केन्द्र पनि हो । 


Author

थप समाचार
x