गण्डकी

गण्डकीकाे बजेट अधिवेशन जेठ ११ देखि

इकागज |
जेठ ६, २०७९ शुक्रबार १३:३३ बजे

पाेखरा। गण्डकी प्रदेश सभाकाे बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनकाे १ बजे बस्ने भएकाे छ । प्रदेश सरकारकाे जेठ ५ गते बसेकाे मन्त्रिपरिषदकाे सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेकाे छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।



Author

थप समाचार
x